नेपाली कांग्रेसका संस्थापन इतर पक्षको काठमाडौंमा भेला सुरू भएको छ।
बुधबार दिउँसो काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा कांग्रेस नेता शेखर कोइराला, महामन्त्री गगनकुमार थापा लगायत पक्षको भेला सुरू भएको हो। पछिल्लो समय कोइराला र थापाबीच सम्बन्ध पटकपटक चिसिएको छ।
कोइरालाले मंगलबार नै बैठक बोलाउन खोजेका थिए। महामन्त्री थापा जनकपुरको कार्यक्रममा जाने दिन पारेर कोइरालाले बैठक राखेको भन्दै समूहभित्रैबाट असन्तुष्टि भएको थियो। त्यसपछि मंगलबार छलफल गरी बैठक बुधबार गर्ने समझदारी बनेको हो।
महासमिति बैठक, राष्ट्रिय सभा चुनाव, समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गरी सामूहिक धारणा बनाउन बैठक राखिएको हो। कांग्रेसले मंसिर २९ मा केन्द्रीय कार्यसम्पादन समिति बैठक राखेको छ। उक्त बैठकमा महासमिति बैठक सार्ने तयारी गरेपछि संस्थापनइतर समूहले छलफल गर्न लागेका छन्।
गत भदौ १७ गते पनि केसी निवास इटालीटारमा संस्थापनइतर समूहमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि जोड्ने गरी छलफल भएको थियो। तर उक्त छलफलले सार्थकता पाएन।
यो पनि: शेखर-गगनलाई छुट्टिन नदिने प्रयास
तस्बिरहरू: