प्रहरीले बल्खु चोकबाट प्रदर्शनकारीहरूलाई हटाएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षधरलाई कार्यक्रम गर्न त्रिवि परीक्षा नियन्त्रण कार्यालय नजिकै सडक तोकेको थियो।
तर प्रदर्शनकारीहरू बल्खु चोक हुँदै कालिमाटीतर्फ जान लागेका थिए।
प्रहरीले अश्रुग्यास र पानीका फोहरा प्रहार गरी प्रदर्शनकारीहरूलाई बल्खु चोकबाट हटाएको छ। प्रदर्शनकारीहरू पुन: प्रशासनले तोकेको क्षेत्रतर्फ पुगेका छन्।
तोकिएको क्षेत्रभन्दा बाहिर आएका प्रदर्शनकारीहरू र प्रहरीबीच केहीबेर झडपसमेत भएको थियो। प्रदर्शनकारीहरूले ढुंगा हानेपछि प्रहरीले अश्रुग्यास र पानीका फोहरा प्रहार गरेर भिडलाई तितरबितर पारेको थियो।
तस्बिरहरू: