मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा आन्दोलनमा आएकाहरूलाई प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले कार्यक्रम गर्न तोकेको स्थलभन्दा बाहिर जान खोजेपछि प्रहरीले प्रसाईं पक्षधरलाई रोकेको थियो। सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो।
प्रदर्शनकारीले प्रहरीलाई लक्षित गर्दै ढुंगा हानेका थिए। प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास र पानीका फोहरा हानेको छ। प्रदर्शनकारीहरू बल्खु चोकबाट कालिमाटीतर्फ जान खोजेपछि प्रहरीले रोकेको थियो।
प्रहरीले अहिले स्थिति नियन्त्रणमा लिइसकेको छ।
तस्बिरहरू: