सत्तारूढ नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयकबारे सरोकारवाला पक्षहरूसँग छलफल गरेको छ।
मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा कांग्रेस संसदीय दलले सरोकारवाला पक्षहरूसँग अन्तर्क्रिया गरेको हो।
छलफलमा संसदीय दल नेतासमेत रहेका सभापति शेरबहादुर देउवासहित सांसदहरू र नेपाल शिक्षक महासंघ तथा विभिन्न शिक्षक संघ, संगठनका प्रतिनिधिहरू सहभागी छन्।
सरकारले विद्यालय शिक्षा विधेयक संघीय संसदमा दर्ता गरिसकेको छ। विधेयकका कतिपय व्यवस्थाका विरोधमा शिक्षक महासंघको आह्वानमा शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन गरेका थिए। आन्दोलनरत शिक्षकहरूसँग सरकारले सहमति गर्दै विधेयक संशोधन गर्ने प्रतिबद्धता जनाएको छ।
तर राहतलगायत शिक्षकहरूले भने काठमाडौं केन्द्रित आन्दोलनलाई निरन्तरता दिइरहेका छन्। कांग्रेसले विद्यालय शिक्षा विधेयकबारे सरोकारवाला पक्षका कुरा सुन्न छलफल आयोजना गरेको हो।
तस्बिरहरू: