संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका त्रुटिपूर्ण प्रावधान सच्याउन माग गर्दै प्रदर्शन भएको छ।
संक्रमणकालीन न्यायसम्बन्धी कानूनलाई संशोधित गर्न बनेको विधेयक संसदमा विचाराधीन छ। यो विधेयकका कतिपय प्रावधान सच्याउनुपर्ने माग उठेको हो।
विधेयकका त्रुटिपूर्ण प्रावधान हटाएर पारित गर्न पनि सरकारसँग द्वन्द्वपीडितहरूले माग गरेका छन्।
बिहीबार काठमाडौंमा प्रदर्शन गर्दै उनीहरूले द्वन्द्वपीडितको सत्य, न्याय र परिपूरणको अधिकार सुनिश्चित गर्नसमेत माग गरेका छन्। साथै दण्डहीनताको अन्त्य हुनुपर्ने उनीहरूको भनाइ छ।
बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ संशोधन विधेयकका त्रुटिपूर्ण प्रावधान तत्काल सच्याउन पनि उनीहरूले माग गरेका छन्।
विश्वसनीय र पारदर्शी प्रक्रियाबाट स्वतन्त्र, सक्षम र विश्वसनीय आयोग गठन गर्न पनि उनीहरूको माग छ।
तस्बिरहरू: