प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणबारे छानबिन गर्न माग गरेको छ।
प्रतिनिधि सभाको बुधबारको बैठक सुरू हुनेबित्तिकै एमाले सांसदहरू बसेको ठाउँबाट उठेका थिए।
लगत्तै सभामुख देवराज घिमिरेले बोल्न प्रमुख सचेतक पदम गिरीलाई समय दिएका छन्। उनले सुन प्रकरणबारे छानबिन गर्न माग गरेका छन्।
‘सत्तापक्षकै दलका नेता कृष्णबहादुर महरा र उनका छोरामाथि सुन प्रकरणमा छानबिन गर्नुपर्छ,’ उनले भने, ‘ठूला माछा उम्कने, सानालाई खोजीखोजी कारबाही गर्ने?’ महराले पटक-पटक भन्सारका कर्मचारीलाई फोन गर्ने गरेको उनको भनाइ छ।
तस्बिरहरू: