संसदको चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार पहिलो स्थापना दिवस मनाइरहेको छ।
स्थापना दिवसको अवसरमा रास्वपाले चियापान कार्यक्रम आयोजना गरेको छ।
चियापानमा प्रधानमन्त्री, मन्त्री, संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष र पदाधिकारी, सांसद, कलाकारलगायत उपस्थित भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कलाकारहरू हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, किरण केसीलगायत सहभागी छन्।
पार्टी स्थापना दिवसका सन्दर्भमा प्रदेश र जिल्ला तहका कमिटीहरूले पनि स्वस्फूर्त चियापान र विविध कार्यक्रम राखेका हुन्।
स्थापना दिवसकै अवसरमा रास्वपाको कार्यालय नयाँ ठाउँमा सरेको छ।
बसुन्धरामा रहेको केन्द्रीय कार्यालय बालाजुमा सरेको हो।
पार्टीले ६ तले घरको पाँचवटा तला भाडामा लिएको छ। मासिक ३ लाख तिर्नेगरी घर भाडामा लिएको रास्वपाले बताएको छ।
तस्बिरहरू: