संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफल जारी छ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा जारी बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी छ।
जारी बैठकमा कोही सांसद फोनमा व्यस्त देखिन्छन् भने कोही पत्रिका पढिरहेका छन्। त्यस्तै कोही भने गफमै मस्त छन्।
बजेटमाथिको छलफल सोमबारबाट प्रारम्भ भएको हो।
सत्ता पक्षका सांसदहरूले कार्यान्वयनमा जोड दिएका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले बजेट सच्याउन माग गरेको छ।
नीति तथा कार्यक्रमलाई गतिहीन दस्तावेजको संज्ञा दिएको एमालेले बजेटले पनि मुलुकमा विद्यमान संकट समाधान गर्न नसक्ने बताएको छ।
तस्बिरहरू: