प्रतिनिधि सभा बैठक जारी छ।
संघीय संसद भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजेका लागि तय भएको बैठक केही ढिला गरी सुरू भएको हो।
आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूमा प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची छ। अहिले सांसदहरूले छलफलमा भाग लिइरहेका छन्।
शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध गरेपछि प्रधानमन्त्रीले जवाफ दिन पाएका थिएनन्।
माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी ओलीको कार्यकालमा पशुपतिको जलहरीमा भ्रष्टाचार भएको विषय उठाएका थिए।
आफ्नो पार्टीका संसदीय दलका नेतामाथि विनाआधार आरोप लगाएको भन्दै एमालेले शुक्रबारको संसद बैठक अवरोध गरेका थिए।
सभामुख देवराज घिमिरेले सांसद दाहालको भनाइ रेकर्ड हटाउन निर्देशन दिएसँगै बैठक सुरू भएको हो।
तस्बिरहरू: