नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतोले पदभार ग्रहण गरेका छन्।
सिंहदरबारस्थित कार्यालयमा गएर उनले पदभार ग्रहण गरेका हुन्। कार्यालय परिसरमा उनलाई कर्मचारीले फूल, खादाले स्वागत गरेका थिए।
यसअघि मन्त्री महतोले शपथ लिएका थिए। जसपाका सांसद उनी मंगलबार मन्त्री नियुक्त भएका थिए।
बुधबार शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री महतोलाई शपथ ग्रहण गराएका थिए।
तस्बिरहरू: