सत्तारूढ गठबन्धनले अमेरिकी सहयोग परियोजना एमसिसी व्याख्यात्मक टिप्पणीसहित संसदबाट पारित गर्ने निर्णय गरेको छ।
आइतबार बिहान बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरूको बैठकले एमसिसी व्याख्यात्मक घोषणासहित पारित गर्ने निर्णय गरेको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जानकारी दिए।
‘एमसिसी विशुद्ध आर्थिक सहयोग हो, यो अमेरिकी सैन्य रणनीतिसँग सम्बन्धित छैन, नेपालको संविधानभन्दा माथि छैन भने व्याख्यात्मक टिप्पणीसहित पारित हुन्छ,’ पौडेलले भने,‘आजै प्रतिनिधि सभाका दुई बैठक बसेर एमसिसी पारित हुन्छ।’
उनले अहिलेसम्म उठेका सबै आशंकाका विषयलाई समेटेर व्याख्यात्मक घोषणा तयार पारिएको छ।