नेकपा एमालेले आफ्ना २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रूपमा विश्वासको मत हालेका २२ सांसदलाई स्पष्टीकरण सोधिएको हो।
स्पष्टीकरण पत्रमा ५ गतेको मिति राखेर आज मात्रै पठाइएको छ।
पार्टीको हितविपरीत विभिन्न भेला गरेको, गुटगत गतिविधि संचालन गरेको र विपक्षी गठबन्धनमा सामेल भई अपराधजन्य निर्णय गरेको भन्दै अध्यक्ष केपीशर्मा ओलीले स्पष्टीकरण सोधेका हुन्।
पार्टीको अहिले स्थायी समिति बैठक चलिरहेको छ।