प्रचण्ड–नेपाल स्थायी समितिको बैठकले पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग-अलग भएर जाने निर्णय गरेको छ।
सोमबार पेरिसडाँडामा बसेको बैठकले सो निर्णय गरेको हो।
नेकपाका नेता माधवकुमार नेपालले आफूहरू जहाँ रहे पनि बाम एकताको प्रयास जारी रहने प्रतिक्रिया दिएका छन्।
सेतोपाटीसँग कुराकानी गर्दै नेता नेपालले भने, ‘हाम्रो विशाल छाती छ। सबैलाई समेट्न सक्छौं। सम्भावनाहरू अझै धेरै छन्।’
सर्वोच्च अदालतको फैसलाले नै एमाले र माओवादी केन्द्रलाई दुई पार्टी बनाइदिएको उनले बताए।
निर्वाचन आयोगमा पनि छुट्टै रुपमा एमाले र माओवादी दर्ता रहेकाले आयोगसँग यसबारेमा परामर्श गरिने उनले बताए।
‘आयोगमा अलग-अलग रूपमा एमाले र माओवादी पार्टी दर्ता भएका छन्। यी पार्टी के हुने हो भन्ने पनि टुंगो छैन। आयोगसँग गम्भीर रूपमा छलफल गरेर अघि बढ्छौं,’ नेता नेपालले भने।
यसअघि सोमबारै पेरिसडाँडामा बसेको प्रचण्ड-नेपाल समूहको स्थायी समिति बैठकले एमाले र माओवादी केन्द्र अलग-अलग रूपमा अघि बढ्ने निर्णय गरेको थियो।
यसै विषयमा नेता माधव नेपालसँग सेतोपाटीले गरेको कुराकानी, हेर्नुहोस् भिडिओ