बृहत नागरिक आन्दोलनले संवैधानिक निकायहरूमा भएको असंवैधानिक नियुक्तिको विरोधमा शुक्रबार काठमाडौंमा मार्च पास गरेको छ।
शुक्रबार बिहानमा नागरिक आन्दोलनका अगुवाहरूले लैनचौरदेखि शितल निवाससम्म मार्चपास गर्ने तयारी गरेका थिए। उनीहरूलाई प्रहरीले पानी पोखरीमै रोकेको थियो।
यसअघि संसदीय सुनुवाइबिनै विभिन्न संवैधानिक निकायका पदाधिकारीलाई बुधबार शितल निवासमा सपथ खुवाइएको थियो।
हेर्नुस् मार्चपासका तस्बिरहरू:




















