सम्पादकीय नोट:
कोरोना महामारी बढ्दै गएको छ। संक्रमण र मृत्यु हुने संख्या पनि बढिरहेको छ। अर्कोतिर लकडाउनले आममानिसको जीवन कष्टकर बनेको छ। महामारीसँग लड्न सरकारले कति ठिक काम गर्यो, कति चुक्यो?
हामीले यसबारे तीन जनालाई सोधेका छौं— पूर्व स्वास्थ्यमन्त्री गगन थापा, कोरोना महामारीलाई सुरूदेखि नै नजिकबाट नियालेका र सार्वजनिक रूपमा यसबारे खबरदारी गरिरहेका चिकित्सक अनूप सुवेदी र स्वास्थ्य सचिव लक्ष्मण अर्याल।
आज हामीले गगन थापाको भिडिओ ब्लग प्रस्तुत गरेका छौं।