सुर्खेत प्रयोगशालामा गरिएको परीक्षणमा थप १५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
कर्णाली प्रदेशमा बुधबार थप १५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिइन्। उनीहरुको थप विवरण आउन बाँकी छ।
उनीहरूको मंगलबार प्रदेशिक अस्पताल विरेन्द्रनगरको प्रयोगशालामा पिसिआर परीक्षण गर्न स्वाब पठाइएको थियो। सो संख्या थपिएसँगै कर्णालीमा कुल कोरोना संक्रमितको संख्या ३८ पुगेको हो। यसअघि प्रदेशमा २३ संक्रमित थिए।