राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबीच एकीकरण भएको छ।
बुधबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एकता सभामा अध्यक्षद्वय कमल थापा र पशुपतिशम्शेर जवराले एकीकरण पत्र आदानप्रदान गरेका छन्।
दुई पार्टी एकीकरणपछि राप्रपामा अब तीन अध्यक्ष रहनेछन्। थापा, राणा र प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेका छन्।
एकीकरण घोषणा सभामा अध्यक्ष थापाले राप्रपाको विकल्प कांग्रेस वा कम्युनिष्ट हुन नसक्ने बताए। ‘अब जनताले भोट हाल्ने ठाउँ पाएका छन्। त्यो विकल्प हामीले वैचारिक रूपले पनि गर्ने प्रयास गरिराखेका छौं,’ उनले भने, ‘यो थापा, राणा र लोहनीको मात्रै मिलन होइन। नेपाललाई समृद्ध बनाउने उद्घोषको दिन हो।’