राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसद भवन पुगेकी छन्।
सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन्।
राष्ट्रपति भण्डारीलाई नेपाली सेनाले संसद भवनमा ‘गार्ड अफ अनर’ सम्मान दिइएको छ।
यसअघि प्रि- बजेट छलफलपछि नीति तथा कार्यक्रम आउने गरेको थियो। तर यसपटकदेखि पहिला नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागिएको हो। सरकारका नीति तथा कार्यक्रम थाहा नभई प्रि-बजेट छलफल उपयुक्त नहुने भएकाले अभ्यास सच्याइएको संघीय संसद सचिवालयले जनाएको छ।
नीति तथा कार्यक्रम राष्ट्रपतिले पेश गर्ने परम्परा छ।


















