नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री रामशरण महतले मन्त्रिपरिषद्ले नेकपालाई प्रतिबन्ध लगाउनुभन्दा देशमा भइरहेको आतंकवादी गतिविधि रोक्नतर्फ लाग्नुपर्ने बताएका छन्।
देशभर आतंकवादका गतिविधि श्रृङ्खलाबद्ध रूपमा भैरहेको भन्दै उनले कानुनविपरीत गतिविधि गर्न कोही कसैलाई पनि छुट नभएको प्रष्ट पारे।
‘मन्त्रिपरिषद्ले नेकपालाई प्रतिबन्ध लगाउँदैमा मुलुकमा विप्लवका गतिविधि रोकिने होइनन्,सरकारले वार्ताको माध्यमबाट द्वन्द्व समाधान गर्नुपर्छ ’ शुक्रबार बुटवलमा आयोजित एक कार्यक्रममा उनले भने।
महतले सरकारले देशमा शान्ति सुव्यवस्था कायम गर्नुपर्ने बताए।
विप्लव नेकपामाथि प्रतिबन्ध ठीक कि बेठीक भन्ने प्रश्नमा उनले भने,‘कानुन विपरीत गतिविधि गर्न कसैलाई छुट छैन,सरकारले निर्णय गरेर मात्रै बस्ने होइन।’
सरकारले सही गति लिन नसकेको भन्दै उनले प्रचारबाजीमा मात्रै समय बिताएको आरोप लगाए।
रेल,पानीजहाजका गफ चुटेर समृद्धि नआउने भन्दै उनले जनताले अनुभूति हुने गरी काम गर्न सरकारलाई सुझाए ।