स्वतन्त्र मधेसको अभियानलाई रोक्न भन्दै गृहमन्त्री रामबहादुर थापा र चन्द्रकान्त (सिके) राउतले राजनीतिक सहमतीमा हस्ताक्षर गरेका छन्।
प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालका बीचमा बसेर उनीहरूले हस्ताक्षर गरेका हुन्।
शुक्रबार राष्ट्रिय सभागृहमा भएको उक्त सहमतिपत्रका नेपाल अखण्ड स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो यो महत्वपूर्ण कुरा हो भन्ने पहिलो बुँदा छ।
सरकारले राउत र कार्यकर्तालाई लगाएका सम्पूर्ण मुद्दा फिर्ता गर्ने, पक्राउ गरेका कार्यकर्ता रिहा गर्ने, केही समयअघि प्रहरी हिरासतमै मृत्यु भएका राउतका कार्यकर्ता राममनोहर यादव परिवारलाई क्षतिपूर्ति दिने, उनका परिवारका एक जना सदस्यलाई रोजगारी दिने।
आन्दोलनका क्रममा भएका घाइतेहरूको उपचार गर्ने, शान्तिपूर्ण तरिकाले राजनीति गर्न प्रतिबन्ध नलगाइने सहमतिपत्रमा लेखिएको छ।
सहमति अनुसार, राउत र उनका कार्यकर्ताले स्वतन्त्र मधेसको नाममा पम्पलेट छाप्नेछैनन्।
यस्तो छ सहमति
हेर्नुहोस् भिडियोमा
हेर्नुहोस् तस्बिरमा