संसदको सार्वजनिक लेखा समितिले वाइड बडी खरिद प्रकरणमा उपसमितिले दिएको प्रतिवेदन परिमार्जन गर्ने भएको छ।
शुक्रबार सिंहदरबारमा बसेको समिति बैठकमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अधिकांश सांसदहरुले प्रतिवेदन परिमार्जनको माग गरेपछि प्रतिवेदन परिमार्जनका लागि सचिवालयलाई जिम्मेवारी दिइएको छ।
परिमार्जनसहित सोमबार बस्ने बैठकमा स्वीकृत गर्ने गरी समितिले निर्णय गरेकोछ।
समिति सभापति भरतकुमार शाहले प्रतिवेदनका मुख्य कुरा नभई केही भाषीक सुधारमात्र गर्न सकिने बताए।
‘मुख्य कुरा हटाएपछि बन्ध्याकरण हुन्छ’ शाहले भने,‘केही भाषीक परिमार्जनमात्र गर्न सकिन्छ।’
सांसद मिनेन्द्र रिजालले पनि परिमार्जन गर्दा आधारभूत संरचना फेर्न नहुने बताए।
यसअघि राजन केसी नेतृत्वको उपसमितिले दुइटा वाइड बडी खरिदमा ४ अर्ब ३५ करोड अनियमितता भएको प्रतिवेदन बुधबार सार्वजनिक गरेको थियो।