३३ किलो सुन प्रकरणमा मुछिएका दुई प्रहरी अधिकृतको निलम्वन फुकुवा भएको छ।
गृह मन्त्रालयले एसएसपी दिवेश लोहनी र एसपी विकासराज खनालको निलम्बन फुकुवा गरेको हो।
जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश उच्च अदालतले उल्टाएसँगै उनीहरुले निलम्बन फुकुवाको लागि गृहमा निवेदन दिएका थिए।
३३ किलो सुन प्रकरणमा एसएसपी लोहनीलाई गत वैशाख १९ गते सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिले पक्राउ गरेको थियो।
लोहनीलाई गत भदौ २९ गते अदालतले रिहा गर्न आदेश दिएको हो।