गृह मन्त्रालयले नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी घटाएर ५ जना बनाउने निर्णय गरेको छ। बिहिबार बसेको मन्त्रीस्तरीय निर्णयबाट प्रहरीमा ५ एआईजी मात्र राख्ने निर्णय भएको हो। अब यो मन्त्रिस्तरीय निर्णयलाई मन्त्रिपरिषदमा लगिनेछ। र त्यहाँबाट पारित भएपछि लागू हुनेछ।
निर्णय अनुसार मुख्यालयमा २ जना, प्रहरी अस्पताल, महानगरीय प्रहरी आयुक्तको कार्यालय र तालिम केन्द्रमा १-१ जना राख्ने निर्णय भएको स्रोतले सेतोपाटीलाई जानकारी दियो।
यसअघि राजनीतिक भागवण्डा मिलाउने भन्दै प्राविधिकसहित १६ जनासम्म एआईजी राख्ने निर्णय सरकारले गरेको थियो।
बिहिबारको बैठकले गरेको निर्णयपछि अब प्रदेश प्रहरीको नेतृत्व डीआईजीले गर्नेछन्।