ओली र प्रचण्ड कार्यालय हेर्न आजै धुम्बाराही र पेरिसडाँडा जाने


नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आजै धुम्बाराही र पेरिसडाँडा जाने भएका छन्। धुम्बाराहीमा नेकपा एमालेको र पेरिसडाँडामा नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय रहेको थियो।

बिहिबार एकीकृत भएको नेपाल कम्युनिष्ट पार्टीले दुवै कार्यालय प्रयोग गर्ने जनाएको छ। पार्टी केन्द्रीय कार्यालको रुपमा धुम्बाराही र जनवर्गिय तथा मोर्चा संगठनको कार्यालय पेरिसडाँडामा राख्ने तयारी भैरहेको नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।

दुवै नेता अहिलेसम्म एक अर्काको पार्टी कार्यालय  प्रवेश गरेका थिएनन्। एकतापछि दुवै अध्यक्ष पार्टी कार्यालयको भ्रमणमा जान लागेका हुन्। ‘दिउँसो ४ बजे देखि ५ बजेको समयमा पार्टी कार्यालय जाने कार्यक्रम छ’, अध्यक्ष प्रचण्डका प्रेस संयोजनक विष्णु सापकोटाले सेतोपाटीलाई जानकारी दिए।

श्रेष्ठका अनुसार प्रचण्डलाई पार्टी कार्यालयमा स्वागत गर्ने तयारी भैरहेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.