एमाले र माओवादीका जनवर्गीय संगठन खारेज


 

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुने भएपछी दुवै दलका जनवर्गिय संगठन खारेज भएका छन्।

तीन महिना भित्र जनवर्गीय संगठनबीच पनि एकीकरण गर्ने घोषणा गर्दै  विहिबार दुवै पार्टीले आफ्ना संगठन खारेज गरेका हुन्।

पार्टी घोषणा संघारमा दुवै दलका अध्यक्षसहित बालुवाटारमा बसेको सामुहिक बैठकले जनवर्गीय संगठन खारेज गरेको हो। दुवै दलका जनवर्गीय संगठनको अधिवेशन लामो समयदेखि भएको थिएन।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.