पार्टी एकता घोषणाअघि एमाले-माओवादीको संयुक्त बैठक


नेकपा एमाले र माओवादी केन्द्रको एकीकृत पार्टीको बैठक बालुवाटारमा बसेको छ।

नयाँ पार्टीका केन्द्रीय सदस्यले सामूहिक सपथ लिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डले सपथ ग्रहण गराएका थिए।

सो बैठकले विभिन्न निर्णय गर्ने बताइएको छ।

बैठकले नयाँ पार्टी दर्ता गर्ने निर्णय गर्नेछ। दुई दलले ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ताका लागि निर्वाचन आयोगका निवेदन दिनेछन्।

एकता प्रक्रियामा रहेका नेकपा एमाले र माओवादीले आफ्नो पार्टी विघटन गरी एकीकृत पार्टीको घोषणा गर्नेछन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.