संयोजन समितिद्वारा पार्टी एकता अनुमोदन, दुबै दलका अन्तिम बैठक बस्दै


नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्ष सम्मिलित पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकतालाई अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकले एकतालाई अनुमोदन गर्ने निर्णय गरेको हो।  संयोजन समितिको बैठक सकिएसँगै दुबै दलका अन्तिम बैठक बस्न लागेका छन्।

एमालेको आकस्मिक केन्द्रीय समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बस्न लागेको प्रवक्ता पम्फा भुषालले जानकारी दिइन्।

दुबै दलले एकताको प्रस्तावलाई पारित गर्ने छन्। त्यसपछि नेताहरू नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग जाने कार्यक्रम छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.