बालुवाटारमा एमाले स्थायी कमिटी बैठक जारी

तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालयबाट।


नेकपा (एमाले) स्थायी कमिटीको बैठक जारी छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको बैठकमा माओवादी केन्द्रसँगको पार्टी एकता र भोलि बस्ने पार्टी एकता संयोजन समितिको बैठकका विषयमा प्रधानमन्त्री  ओलीले छलफल गर्नेछन्।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार बालुवाटारमा   २ घन्टा लामो वार्ता भएको थियो।

पार्टी एकताबारे छलफल गर्न माओवादी केन्द्रले पनि आजै केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाएको छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.