संघीय संसदको दोस्रो अधिवेशन यही वैशाख २३ गते हुने भएको छ।
बुधबार सभामुख कृष्णबहादुर महराले पत्रकार सम्मेलन गरी द्वितिय अधिवेशन अन्तगरत प्रतिनिधिसभाका कार्यक्रम जानकारी दिएका हुन्।
दोस्रो अधिवेशन २४ गते मध्यान्ह ४ बजेदेखि सुरू हुने भएको छ। यसैगरी, २४ गतेदेखि २७ गतेभित्र नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल हुने,पहिलो बैठकमा प्रस्तुत भएका अध्यादेश स्वीकृत गरिने लगायत छन्।
त्यस्तै, जेठ ३ गतेभित्र विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता अर्थमन्त्रीबाट प्रस्तुत गर्ने, जेठको पहिलो हप्ता राष्ट्रपतिबाट निति तथा कार्यक्रम प्रस्तुत गर्ने , १५ गते बजेट प्रस्तुत गर्ने लगायतका कार्यक्रमहरू रहेका छन्।
