एमाले-माओवादी संयुक्त कार्यक्रम सकिएको छ।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यक्रम निर्धारित समयभन्दा ४ घन्टा ढिलो सुरू भएको थियो।
लेनिन जयन्ती समेत मनाउने भन्दै आयोजना गरिएको कार्यक्रमको ब्यानरमा कम्युनिष्ट नेता लेनिनको तस्वीर नराखिएको भन्दै नेकपा माओवादी केन्द्रका कार्यकर्ताले विरोध जनाएपछि ब्यानर झिकिएको थियो।
त्यसपछि दुई वटा व्यानर राखेर कार्यक्रम सुरू भएको हो।
कार्यक्रमस्थल राष्ट्रिय सभागृहमा मार्क्स र लेनिनको तस्वीर मञ्चमा कुर्सीमा राखिएको छ।
कार्यक्रममा सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता हुन नदिने खेल भइरहेको बताएका छन्।
उनले एकता हुन नदिन मुलुकको राजनीतिक वृतमा धेरै प्रकारका खेल भइरहेको बताएका हुन्।
मुलुकमा समय अनुसार चलेका हल्ला,शक्ति र स्वार्थको टकरावका कारण पार्टी एकता हुन नसक्ने भन्दै उनले कसैलाई थाहा नै नदिई एकताको घोषणा गरिने बताए।
हेर्नुहोस् तस्बिरहरू:










