नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच बिहीबार तीन घन्टा एक्लाएक्लै वार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ९ देखि साढे १२ बजेसम्म दुई नेताबीच छलफल भएको हो।
मंगलबार बालुवाटारमै बसेको एकता संयोजन समितिको बैठकले ९ गते हुने भनिएको एकतामा गृहकार्य नपुग्ने निष्कर्ष निकाल्दै प्रतिवेदनको अन्तिम रूप दिने जिम्मा दुई अध्यक्षलाई दिएको थियो।
आजको भेटमा प्रतिवेदनबारे कुराकानी भएको बताइए पनि थप केही खुलाइएको छैन।