सूचना प्रविधि ऐन ल्याउने तयारीमा सरकार


सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले व्यवसाय संकूचित हुनेगरी सूचना प्रविधि ऐन नआउने स्पष्ट पारेका छन्।

राज्यमन्त्री बास्कोटाले व्यवसायलाई सरल, सहज र व्यवस्थित बनाउने गरी सूचना प्रविधि ऐन ल्याउन लागिएको बताएका हुन्। उनले राष्ट्रिय सुरक्षालाई मूल आधार बनाएर सरकारले सूचना प्रविधि ऐन ल्याउन लागेको पनि उल्लेख गरे।

मंगलबार सरकारद्वारा प्रस्तावित सूचना प्रविधि ऐनसम्बन्धी मंगलबार सरोकारवालाहरूसँग छलफल गर्दै राज्यमन्त्री बाँस्कोटाले ऐन व्यक्तिको अधिकारलाई हनन हुन नदिने गरी ल्याउने प्रतिबद्धता पनि व्यक्त गरे।

राज्यमन्त्री बाँस्कोटाले ऐनले सूचना प्रविधिको क्षेत्रमा गरिएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीलाई पारदर्शी बनाउने दाबी पनि गरे। ऐनमा सबैको अपनत्व कायम गर्न सरोकारवालाहरूसँग पनि छलफल गरिएको राज्यमन्त्री बाँस्कोटाको भनाइ थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.