राजपा संयोजक ठाकुरको स्वास्थ्यमा सुधार

फाइल फोटो


राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरको स्वास्थ्यमा सुधार आएको छ।

दिल्लीस्थित मेदान्त अस्पतालको आइसीयुमा भर्ना भएका उनलाई २/३ दिनपछि जनरल वार्डमा ल्याइने राजपा नेता केशव झाले जानकारी दिए।

‘नियमित स्वास्थ्य जाँचका क्रममा मुटुमा ‘ब्लड ब्लोकअप’ देखिएपछि आइसीयुमा भर्ना गरिएको हो,’ नेता झाले भने, ‘अहिले उहाँको स्वास्थ्य अवस्था खतरामुक्त छ।’

उनको रगत प्रवाहमा समस्या देखिएपछि अप्रेशन गरी तीनवटा ‘स्टेन’ राखिएको छ। एन्जियोग्राफी गर्दा नसाबाट रगत प्रवाह रोकिएपछि अप्रेशन गरि तीनवटा स्टेन राखिएको थियो।

नियमित स्वास्थ्य चेकजाँचका लागि ठाकुर चैत २७ गते दिल्ली पुगेका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.