अधिनायकवाद सुरू भइसक्यो : सभापति देउवा (भिडियोसहित)

फाइल फोटो


प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार अधिनायकवादतर्फ अघि बढेको आरोप लगाएका छन्।

सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओली एकलौटी ढंगले अघि बढ्न खोजेको दाबी समेत गरे।

सोमबार भरतपुर विमानस्थलमा स्थानीय सञ्चारकर्मीमाझ उनले सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप पनि लगाए। सरकारले प्रमुख प्रतिपक्ष दलसँग कुनै पनि छलफल नगरेको सभापति देउवाको भनाइ छ। सभापति देउवाले सरकारको सय दिन हनिमुन पिरियड भएको भन्दै त्यस अवधिमा सरकारको काम हेर्ने पनि बताए।

सभापति देउवाले एमाले र माओवादी केन्द्र मिलेकाले पार्टीले निर्वाचनमा हार्नु स्वभाविकै भएको पनि बताए। उनले कांग्रेस लोकतन्त्रवादी पार्टी भएको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य, मान्यतालाई सुदृढ बनाउन लडिरहने प्रतिबद्धता पनि व्यक्त गरे।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.