सरकारको भर्ना अभियान पछ्याउँदै गगन थापा


नेपाली कांग्रेसका नेता गगन थापाले सरकारको भर्ना अभियानलाई साथ दिएका छन्।

उनले रशिका श्रेष्ठलाई भर्ना गरेर अभिभावकत्व ग्रहण गरेका हुन्।

भर्ना अभियानमा सहभागी हुँदै उनले बुनपा चुनिखेलको जनउद्धार विद्यालयमा कक्षा १२ सम्म पढाउने गरी श्रेष्ठको भर्ना गरिदिएका हुन्।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नम्बर ८ की ६ वर्षीया थिल्ने साङ् तामाङलाई विद्यालय भर्ना गरेका थिए। यसका साथै उनकी धर्मपत्नी  राधिका शाक्यले छेरिङ छोन्तोम लामालाई विद्यालय भर्ना गरेर अभिभावकत्व ग्रहण गरिन्।

साथै, प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ दुई बालबालिकाका अभिभावक बनेका छन्।

गुरुङले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ७ मासबारस्थित श्रीकृष्ण माविमा एक कक्षाका ५ वर्षीया शिला जिरेल र अभिषेक नेपालीको भर्ना गर्दै अभिभावकत्व ग्रहण गरेका हुन्।

 

 

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.