संयुक्त राज्य अमेरिकाले फ्रान्स र बेलायतको सहयोगमा सिरियामाथि मिसाइल आक्रमण सुरू गरेको छ। पूर्वी गुटामा गत साता गरिएको रासायनिक हमलाको प्रतिक्रिया स्वरूप हवाई आक्रमण शुरू गरेको अमेरिकाले जनाएको छ।
आक्रमणमा दमास्कस र आसपासका क्षेत्रमा विस्फोटका ठूला आवाजहरू आइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएक छन्। विस्फोटबाट आकाशमा धुवाँको मुस्लो देखिएको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि आक्रमण गर्न लागिएको भन्दै एउटा वक्तव्यसमेत जारी गरेका छन्।
उनले सिरियाली सरकारले रासायनिक अस्त्रको प्रयोग नरोकेसम्म अमेरिका र उसका साझेदार मुलुकहरूले कारबाही जारी राख्नेसमेत बताएका छन्।
ट्रम्पले भनेका छन्-‘फ्रान्सर र यूनाइटेड किङ्डमको सशस्त्र सेनाका साथ एक सशस्त्र अपरेशन चलिरहेको छ।’
….to pay. Open area immediately for medical help and verification. Another humanitarian disaster for no reason whatsoever. SICK!
— Donald J. Trump (@realDonaldTrump) April 8, 2018
Many dead, including women and children, in mindless CHEMICAL attack in Syria. Area of atrocity is in lockdown and encircled by Syrian Army, making it completely inaccessible to outside world. President Putin, Russia and Iran are responsible for backing Animal Assad. Big price…
— Donald J. Trump (@realDonaldTrump) April 8, 2018
यसअघि अमेरिकाले सिरियाको पूर्वी गुटामा गरिएको शंकास्पद रासायनिक हमलामा सिरियाली सरकारको हात रहेको र त्यसलाई रोक्न रुसले केही पनि नगरेको आफूसँग प्रमाण रहेको जनाएको थियो।
अमेरिकी विदेश मन्त्रालयकी एकजना प्रवक्ताले सिरियासँग सही खालको अस्त्र र त्यसलाई प्रयोग गर्ने साधन रहेको बताएकी थिइन्।
सिरियामा महत्त्वपूर्ण रूपमा सैन्य उपस्थिति भएको रुसले हमलालाई ब्रिटेनले उक्साउनका लागि प्रयोग गरिरहेको आरोप लगाएको छ, जुन आरोप लण्डनस्थित ब्रिटिश सरकारले सशक्त रूपमा अस्वीकार गरेको छ।
यसैबीच ब्रिटी प्रधानमन्त्री टेरीसा मेले यो हमलामा ब्रिटेनको सहभागीता हुनेबारे पुष्टी गर्दै भनेकी छन्-‘बल प्रयोगको अलावा अरू कुनै व्यवहारिक विकल्प छैन।’
मेले यो मिसाइल आक्रमण सत्ता परिवर्तनका लागि नगरिएको दाबीसमेत गरेकी छन्।