सरकारले निजामती कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति दिन पछिल्लो ७ वर्षमा ६० करोड ४१ लाख ४ हजार वितरण गरेको छ। सरकारले २०६६ सालदेखि कमर्चारीका छोराछोरीलाई छात्रवृति प्रदान गर्दै आएको छ।
हालसम्म सरकारले २ हजार ८ सय २२ विद्यार्थीलाई सरकारले यस्तो छात्रवृति प्रदान गरिसकेको छ। सामान्य प्रशासन मन्त्रालयले १ लाख ५० हजारदेखि ५ लाखसम्म छात्रवृत्ति वितरण गर्दै आएको छ।
यस्तो छात्रवृति प्राप्त गर्नेहरुलाई सरकारले अध्ययन पूरा गरेर उत्तिर्ण भएको एक वर्षभित्र कुनै संस्था वा निकायमा कामम खटाउन सक्नेछ।
तर त्यसको ठिक विपरित पछिल्लो ६ वर्षमा एक जनालाई पनि सामन्य प्रशासन मन्त्रालयले काममा खटाउन सकेको छैन।
बिहीबार सार्वजनिक भएको महालेखा परीक्षकको प्रतिवेदनले छात्रवृत्ति नाममा ६० करोड सकिएको खुलासा गरेको हो।
'हालसम्म कुनैपनि विद्यार्थीलाई सरकारले कुनै संस्था वा निकायको काममा खटाएको छैन,' कार्यालयले राष्ट्रपतिलाई बुझाएको ५५ औं वार्षिक प्रतिवेदनमा भनिएको छ।