कर्णालीको मुख्य न्यायाधीवक्तामा मानन्धर नियुक्त


कर्णाली प्रदेशको मुख्य न्यायाधीवक्तामा वरिष्ठ अधिवक्ता विद्याभूषण मानन्धर नियुक्त भएका  छन्।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले मानन्धरलाई आज मुख्य न्यायाधीवक्तामा नियुक्त गरेका हुन्।

मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले मुख्य न्यायाधीवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। उच्च अदालतका न्यायाधीश सरह मर्यादा र सुविधा पाउने मुख्य न्यायाधीवक्ताले प्रदेश सरकारको कानूनी सल्लाहकारका रूपमा काम गर्नेछन्।रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.