महन्थ ठाकुर दिल्लीमा


राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता  महन्थ ठाकुर मंगलबार भारतको राजधानी नयाँ दिल्ली गएका छन्। उनी नियमित  स्वास्थ्य परीक्षणका लागि गएको राजपा नेता केशव झाले जानकारी दिए।

उनी दिल्लीमा रहँदा राजनीतिक भेटघाट हुन सक्ने पनि उनले बताए। सोमबार राजपा अध्यक्ष मण्डलका अर्का नेता महिन्द्र राय यादव पनि दिल्ली गएका थिए।

‘दुवै नेता नियमित स्वास्थ्य परिक्षणका लागि दिल्ली जानुभएको हो। अहिलेसम्म कुनै राजनीतिक भेटघाट तय भएको छैन। दिल्लीमै रहँदा  हुन पनि सक्छ,’ उनले भने।

राजपाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन दिएको थियो। उ पनि सरकारमा सहभागी हुने भनिएपनि विभिन्न कारणले हुन सकेको छैन। प्रधानमन्त्री ओली भारत भ्रमणबाट फर्किए लगत्तै राजपा अध्यक्ष मण्डलका दुई नेता दिल्ली पुगेका हुन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.