बुधबार प्रदेश २ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुने


भोलि बुधबार प्रदेश २ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुने भएको छ।

प्रदेश सभाका सभामुख सरोज यादवले बुधबार प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुने कार्यसूची तय गरिएको जानकारी दिए। प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बुधबार बिहान ११ बजे बोलाइएको प्रदेशसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

सभामुख यादवले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने बैठकमा आ-आफ्नो भाषा र संस्कृति झल्कने खालका पोशाकमा आउन पनि सांसदहरूलाई आग्रह गरेका छन्।

प्रदेशसभाको मंगलबारको बैठकमा भने मुख्य न्यायाधीवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका सर्तसम्बन्धी कानूनी व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित भएको थियो।

प्रदेशसभाको बैठकको सुरूमै बोल्दै आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्रकुमार यादवले नागरिकका विभिन्न समस्यालाई सरकारले सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। मन्त्री यादवले अपराध गर्नेहरूलाई कानून बमोजिम कार्वाही हुने चेतावनी दिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.