यातायात क्षेत्रमा लगाइएको सिन्डिकेट अन्त्य हुन्छ- मन्त्री महासेठ


सरकारले यातायात क्षेत्रमा कायमै रहेको सिन्डिकेट अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यातायात क्षेत्रमा कायमै रहेको सिन्डिकेट अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

यातायात क्षेत्रमा लगाइएको सिन्डिकेट स्वयम् यातायात व्यवसायीको समेत हितमा नरहेको उनको भनाइ छ। मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री महासेठले सिन्डिकेटकै कारण यात्रुहरूले सास्ती व्यहोर्नु परेकाले नेपाल सरकार त्यसलाई पूर्ण प्रतिबन्ध लगाउन लागि परेको पनि स्पष्ट पारे।

उनले सिन्डिकेट खारेज गरिएको कानूनी व्यवस्थाबारे पनि यातायात व्यवसायीहरूलाई सचेत गराए। मन्त्री महासेठले यातायात क्षेत्रलाई पनि अन्य उद्योगजस्तै गरी सञ्चालन गर्ने कानूनी व्यवस्था गर्न लागिएको पनि जानकारी दिए।

मन्त्री महासेठले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण उपलब्धिपूर्ण भएको दाबी गरे।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.