कर्णाली प्रदेशमा चारवटा संसदीय समिति गठन


कर्णाली प्रदेशमा चारवटा संसदीय समिति गठन गरिएको छ।

सोमबार बसेको १० औँ बैठकले सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत, विधायन तथा प्रदेश मामिला र सामाजिक विकास समिति गठन गरेको हो।

सार्वजनिक लेखा समितिमा सांसदहरू करवीर शाही, गणेशप्रसाद सिंह, गुलावजंग शाह, गोपाल शर्मा, झोवा विक, दिनवन्धु श्रेष्ठ र बद्मी क्वारी बोहरा सदस्य रहेको कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले जानकारी दिए।

सभामुख शाहीका अनुसार अर्थ तथा प्राकृतिक स्रोत समितिमा सांसदहरू अमृता शाही, अम्मरबहादुर थापा, कुर्मराज शाही, दानसिंह परियार, बिरबहादुर शाही, यामलाल कँडेल, सिताकुमारी नेपाली, सोशीला शाही र हिमबहादुर शाही सदस्य छन्।

त्यस्तै, विधायन तथा प्रदेश मामिला समितिमा सांसदहरू चन्द्रबहादुर शाही, जीवनबहादुर शाही, देवी वली, धर्मराज रोग्मी, पदमबहादुर रोकाय, विन्दमान विष्ट र मिनासिंह रखाल सदस्य छन् भने सामाजिक विकास समितिमा कृष्ण शाह, कौशीलावती खत्री, ठम्मरबहादुर विष्ट, पद्मा खड्का, यज्ञबहादुर विसी, राजु नेपाली, रातो कामी र सुशीलकुमार थापा सदस्य छन्।

चारवटै समितिमा रहने सदस्यहरूको नाम संसद बैठकबाट सर्वसम्मत अनुमोदन भएको सभामुख शाहीले जानकारी दिए। समितिका सदस्यहरूको बैठकबाट अध्यक्ष चयन गरिने छ। संसदको आठौं बैठकले समितिमा सभापतिको सट्टा अध्यक्ष राख्ने निर्णय पारित गरेको थियो ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.