काठमाडौंलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा (तस्बिरहरु)

काठमाडौं पूर्ण खोप सुनिश्चित जिल्ला घोषणामा मयुरको नृत्यपछि उपराष्ट्रपति नन्दबहादुर पुनलाई मयुरले फूल र टीका लगाइ दिँदै। तस्बिर: नारायण महर्जन


काठमाडौंलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ।

उपराष्ट्रपति नन्दबहादुर पुनले सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच काठमाडौं जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका हुन्।

कार्यक्रममा बोल्दै उनले २३ महिनामा सबै बालबालिकालाई खोप उपलब्ध गराउने प्रतिबद्धतासहित काठमाडौंलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नु आफैंमा गौरवको कुरा भएको भन्दै खुसी व्यक्त गरे। उपराष्ट्रपति पुनले काठमाडौंलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने महिला स्वयम सेविकाहरूको कामको पनि खुलेर प्रशंसा गरेका थिए।

उपराष्ट्रपति पुनले काठमाडौंलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न सघाउ पुर्‍याउने जनप्रतिनिधिहरू, सामाजिक संघ, संस्थाहरूप्रति पनि आभार व्यक्त गरे। काठमाडौं जिल्ला समन्वय समिति, काठमाडौं महानगरपालिका र सामाजिक संघ, संस्थाहरूको पहलमा काठमाडौंलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो।

उनले आम नागरिकलाई सर्वसुलभ र गुणस्तरीय सेवा उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

उपराष्ट्रपति पुनले स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्‍याउने संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्ने दायित्व सरकारको भएको स्मरण गराए।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारी अस्पतालमा गुणस्तरीय सेवा उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह गरे। उपराष्ट्रपति पुनले निजी अस्पतालमा आम नागरिकको पहुँच वृद्धि गर्ने वातावरण बनाउन ढिला गर्न नहुनेमा जोड दिए ।

उनले काठमाडौं उपत्यकाको पुरातात्विक महत्त्वको सम्पदाहरूको पुनर्निर्माणको काममा तीव्रता दिन पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए। उनले काठमाडौं उपत्यकालाई सफा र सुन्दर बनाउने दायित्व सबैको भएको स्पष्ट पारे।

कार्यक्रममा उपराष्ट्रपति पुनलाई मयूरले टीका लगाएर स्वागत गरेको थियो।

तस्बिरहरु: नारायण महर्जन

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.