जिल्ला समन्वय समितिका स्थायी कर्मचारी स्थानीय तहमा


जिल्ला समन्वय समितिका स्थायी कर्मचारी स्थानीय तहमा समायोजन हुने भएका छन्।

कर्मचारी समायोजन गर्दा जिल्लाको सबैभन्दा टाढा रहेकालाई स्थानीय तहमा खटाउनु पर्ने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ।

कर्मचारी खटाएको विवरण मन्त्रालयमा समन्वय समितिले बुझाउनु पर्नेछ। कर्मचारी खटाउँदा पर्याप्त मात्रामा कर्मचारी नभएका गाउँपालिका र नगरपालिकामा कर्मचारी खटाउनु पर्नेछ।

स्थानीय तहमा कर्मचारी अभावका कारण जिससमा रहेका कर्मचारी सिधैँ स्थानीय तहमा समायोजन गराउन लागिएको मन्त्रालयले जनाएको छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४, कर्मचारी समायोजन ऐन २०७४ र स्थानीय तहमा सेवा प्रवाह सम्बन्धी व्यवस्था २०७४ बमोजिम सबै स्थानीय तहले आफ्ना कर्मचारीलाई पदाधिकार रहेकै निकायमा कामकाज गर्ने व्यवस्था गरी स्थानीय तहमा कर्मचारी व्यवस्थापन कार्यलाई व्यवस्थित, नियमित सञ्चालन गर्न स्थानीय तहलाई गत १४ गते बसेको सचिवस्तरीय बैठकले अनुरोध गरेको थियो।

यो समायोजनले प्रायजसो स्थानीय तहमा देखिएको कर्मचारी अभावलाई परिपूर्ति गर्नेछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.