भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अब समुद्रसम्मको पहुँच सहज हुने बताएका छन्।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले आज भएको औपचारिक भेटमा नेपालका नदी हुँदै समुद्रसम्म सामान ओसारपसार गर्ने विषयमा सहमति भएको उल्लेख गरे।
'सगरमाथाको देश अब सागरससम्म पनि पहुँच हुनेछ,' मोदीले भने 'नेपाल अब ल्यान्ड लिंक मात्र होइन वाटर लिंक पनि हुनेछ।'
मोदीले काठमाडौंलाई भारतसँग जोड्ने नयाँ रेलमार्ग बनाउन दुबै देशले मिलेर काम अघि बढाउने सहमति भएको बताए।
तीन तहका निर्वाचन सम्पन्न हुनु नेपालका लागि ठूलो उपलब्धी भएको उल्लेख गर्दै यसका लागि नेपाली जनता र सरकारलाई अभिनन्दन गर्न चाहेको बताए।
उनले आफ्नाो 'सबका साथ सबका विकास' र प्रधानमन्त्री ओलीको 'समृद्ध नेपाल खुसी नेपाली' को नारा एकअर्काका पूरक भएको बताए।
‘नेपाल नयाँ युगमा प्रवेश गरेको छ, प्रधानमन्त्री ओलीजी समृद्ध नेपाल र खुसी नेपालीको सपना साकार पार्न आर्थिक विकास गर्ने अभियानमा हुनुहुन्छ। यो अभियानमा भारत कसरी सहभागी हुन सक्छ भन्नेबारे हामीले छलफल गर्यौं’ मोदीले भने।
https://youtu.be/53QHJDa-0FI