नयाँदिल्लीमा प्रधानमन्त्रीलाई गार्ड अफ अनर (तस्बिरहरू)


भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रपति भवनमा गार्ड अफ अनर दिइएको छ।

गार्ड अफ अनर समारोहमा भारतीय समकक्षी नरेन्द्र मोदीलगायत भारतीय मन्त्रीहरू सहभागी थिए।

गार्ड अफ अनरपछि प्रधानमन्त्री ओलीले दुबै देशको बीचको मित्रता महत्वपूर्ण रहेको प्रतिक्रिया  दिए। दुई देशबीच हुने कुनै पनि सन्धि, सम्झौता वा केही पनि कुरा मित्रताबाट सुरू हुने प्रधानमन्त्री ओलीले बताए।

‘समय बदलिरहेको छ, नेपाली जनताको चाहनाअनुसार हामी विकास गरिरहेका छौं, म यो कुरा भारतीय  सरकार र जनतासँग बाँड्न आएको हुँ,’ प्रधानमन्त्री ओलीले भने, ‘दुई देश र दुई देशका जनताबीचको सम्बन्ध अझ मजबुद् बनाउन पनि म यहाँ आएको हुँ।’

उनले नेपाल-भारत सम्बन्ध ऐतिहासिक भएको यो भविष्य केन्द्रीत भएको पनि उल्लेख गरे।

 

तस्बिरहरू सौजन्य : नयाँदिल्लीस्थित नेपाली दूतावास, काठमाडौंस्थित भारतीय दूतावास र भारतीय विदेश मन्त्रालय।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.