ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मा


रक्षामन्त्री ईश्वर पोखरेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली ३ दिने भारत भ्रमणमा प्रस्थान गरेकाले राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सो जिम्मेवारी सम्हाल्न दिएकी हुन्।

प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम रक्षामन्त्री ईश्वर पोखरेल गर्नेछन्।

नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा रक्षामन्त्री पोखरेललाई उक्त जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.