गृह मन्त्रालयका सचिव फेरिए


सरकारले गृह मन्त्रालयको सचिव हेरफेर गरेको छ।

प्रधानमन्त्री कार्यालयका सचिव प्रेमकुमार राईलाई नयाँ गृह सचिव बनाइएको हो।

गृहमा मोहनकृष्ण सापकोटा सचिव थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जानुअघि गृह सचिव हेरफेर गरेका हुन्।

राईसँग गृहमन्त्रालयको लामो अभुनव छ। स्रोतका अनुसार राईलाई गृहमन्त्री रामबहादुर थापाको चाहाना अनुसार प्रधानमन्त्री ओलीले गृहमा खटाएका हुन्। पर्यटन मन्त्रलायका सचिव कृष्णप्रसाद देवकोटा र प्रेमकुमार राई मध्ये एक जनलाई गृहमा पठाउन थापाले प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.