गणेश लामाको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइयो


तीन साता अगाडि गौशालाको पशुपति भिजनबाट पक्राउ परेका गुन्डा नाइके गणेश लामाको अनुसन्धान प्रतिवदेन सरकारी वकिलको कार्यालयमा बुझाइएको छ।

फागुन ३० गते प्रहरीले गौशालास्थित पशुपति भिजनबाट लामालाई पेस्तोल एक थान र ६ राउण्ड गोलीसहित पक्राउ गरेको थियो।

हातहतियार खरखजना ऐनमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्दा पेस्तोल लामा कै भएको खुल्न आएकाले मिसिल बुझाएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले बताए।

डिएसपी थापाले भने, ‘लामाको हातमा रहेको चाइनिज पेस्तोल र होटलमा भेटिएको खोका सोही पेस्तोलको भएको ल्याब परीक्षणमा देखिएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.