नेकपा एमाले र माओवादी केन्द्रले अब पार्टी एकता घोषणाको तयारी गर्ने भएका छन्। बिहीबार बसेको एकता संयोजन समितिको बैठकले वैशाख ९ गते हुने एकता घोषणाका लागि दुबै दलले पार्टीमा छलफल गर्ने निर्णय गरेका हुन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि दुबै दलका पोलिटब्युरो, स्थायी समितिलगायत निकायबाट पार्टी एकताको प्रस्ताव पारित गर्ने लगायतका अन्तिम तयारीतिर लाग्ने निर्णय भएको समितिका सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए।
'हामी पार्टी एकताको अन्तिम चरणमा छौं, आजको बैठकले ९ गते घोषणा र त्यसअघि तयारीमा जुट्ने निर्णय गरेको छ,' उनले भने, 'मिल्न बाँकी कुराहरूमा प्रधानमन्त्रीको भारत भ्रमणपछि कुरा हुन्छ।'
एकताका लागि नयाँ पार्टीको प्रस्तावनामा जनयुद्ध भन्ने शब्द राख्ने कि नराख्ने, जिल्ला र प्रदेश समितिको नेतृत्व कसरी बाँडफाँट गर्ने, केन्द्रीय समितिमा दुबै पार्टीबाट कति जना राख्ने विषयमा अझै विवाद छ।
https://www.youtube.com/watch?v=vYJj5WKld3s&feature=youtu.be